बैंक तथा वित्तीय संस्थाहरुबाट क्रेडिट कार्डमार्फत कर्जा लिने ऋणी बढेका छन्।
चालू आवको जेठ मसान्तसम्म ऋणीहरुले ६ अर्ब ४८ करोड रुपैयाँबराबरको ऋण क्रेडिट कार्डबाट लिएका हुन्।
नेपाल राष्ट्र बैंकले चालू आवको ११ महिनाको तथ्यांकमा क्रेडिट कार्डबाट प्रवाह हुने कर्जा बढेको उल्लेख गरेको हो।
आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५ अर्ब ६७ करोड रुपैयाँबराबरको कर्जा क्रेडिट कार्ड ग्राहकलाई दिएका थिए भने आव २०७९/८० मा ४ अर्ब ५२ करोड रुपैयाँको ऋण दिएका थिए।
पछिल्लो तीन वर्षयता क्रेडिट कार्डमार्फत ऋण लिनेको संख्या बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जाको आकार पनि बढ्न थालेको हो।
गएको एक महिनामा मात्रै करिब १३ करोड कर्जा प्रवाह भएको हो।
57
Shares

प्रतिक्रिया