दुई महिनादेखि अवरुद्ध तातोपानी नाका खुलेको छ।
नाका सञ्चालनमा आएसँगै मालवाहक कन्टेनर र इलेक्ट्रिक कार नेपाल भित्रिन सुरु भएको छ।
अरनिको राजमार्ग अन्तर्गतको कोदारी खण्ड पहिरोका कारणदेखि गत साउनदेखि तातोपानी भन्सार अवरुद्ध रहेको थियो। पहिरो पन्छाएर मंगलबारदेखि सडक सञ्चालनमा आएसँगै तातोपानी भन्सारबाट कारोबार सुरु भएको हो।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी रमेशबहादुर शाहले मंगलबार ८० वटा कन्टेनर र १६ वटा ईभीले भन्सार जाँचपास गरेको जानकारी दिए।
नेपाल भित्रिएका अधिकांश कन्टेनरमा लत्ताकपडा र फलफूल छन्। बुधबार नेपालबाट खाली कन्टेनर पनि चीनतर्फ गएका छन्।
174
Shares

प्रतिक्रिया