सेयरबजारमा पहिलो कारोबार दिन नै दोहोरो अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा पुगेको हो।
यस दिन ६ अर्बको किनबेच भएको छ। १ करोड ३९ लाख कित्ता कारोबारमा उक्त परिमाणको किनबेच भएको हो। सोमबार ३६ वटा सेयरको मूल्य बढे पनि २३४ वटाको घटेको र पाँचवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज एभरेस्ट कलर लिमिटेडको सेयर १४.९९ प्रतिशतले बढे पनि बाँकी अधिकतम ४.७८ प्रतिशतसम्म मात्र बढेका छन्। त्यस्तै आत्मनिर्भर लघुवित्तको सेयर १३.३८ प्रतिशतले घटेको छ। यो आजको ठूलो गिरावट हो। बाँकी सेयरमा अधिकतम ९.६३ प्रतिशतसम्म गिरावट आएको छ।
आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक ३३ करोड ८६ लाखको कारोबारसहित अगाडि रहँदा ग्लोबल आईएमई बैंकको २८ करोड, रिडी पावर २२ करोड, कुमारी बैंक १७ करोडको कारोबार भएको छ।
सोमबार वाणिज्य बैंक, सामूहिक लगानी समूह बढे पनि बाँकी सबै घटेका छन्।
Shares

प्रतिक्रिया