कुमारी बैंकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गरेको छ।
सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो।
त्यस्तै बैंकले उक्त वर्षको लागि सेयरधनीलाई लाभांश समेत वितरण नगर्ने निर्णय गरेको छ।
कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३ सय ४० रुपैयाँ छ। बैंकले वार्षिक साधारणसभाको मिति समेत तोक्न बाँकी छ।
39
Shares

प्रतिक्रिया