कारोबार


कोरोना कोषमा २ अर्ब बढी जम्मा, यी हुन् धेरै सहयोग गर्ने कर्पोरेट संस्था

कोरोना कोषमा २ अर्ब बढी जम्मा, यी हुन् धेरै सहयोग गर्ने कर्पोरेट संस्था

सन्तोष न्यौपाने
बैशाख १८, २०७७ बिहिबार ११:३७,

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सुरु भएपछि यसको रोकथाम र उपचारको लागि भनेर सरकारले स्थापना गरेको कोषमा सरकारीदेखि निजी क्षेत्रसम्मले सहयोग रकम जम्मा गरिरहेका छन्।

सुरुका दिनमा निजी क्षेत्रले कोषमा रकम जम्मा नगरेको भन्ने गुनासो आइरहेको बेला केही कर्पोरेट संस्था तथा व्यावसायिक घरानाले रकम जम्मा गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबारसम्म कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १८ करोड १९ लाख ९१ हजार रुपैया जम्मा भएको छ।

विवरणअनुसार निजी क्षेत्रबाट व्यक्तिगत रुपमा एक लाखदेखि १० करोडसम्म जम्मा भएको छ भने नेपाल सरकार र अन्य सरकारी निकायले पनि ५० करोडसम्म जम्मा गरेका छन्।

निजी क्षेत्रबाट आएको सहयोग हेर्ने हो भने मोबाइल सेवा प्रदायक एनसेलले १० करोड रुपैयाँ कोरोना कोषमा जम्मा गरेको छ।

त्यस्तै, एमआईटी ग्रुपले ३ करोड रुपैयाँ जम्मा गरेको छ भने हिमानी ट्रष्टले २ करोड सहयोग गरेको छ।

प्राइम कमर्सियल बैंकले १ करोड ७५ लाख, एनएमबीले १ करोड ५१ लाख, हिमालयन बैंकले १ करोड २५ लाख र ग्लोबल आईएमईले १ करोड १५ लाख रुपैयाँ कोरोना कोषमा जम्मा गरेका छन्।

प्रभु बैंकले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। यति एयरलाइन्स, नेपाल चार्टर्ड एकाउन्टेट, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, निर्माण व्यवसायी कोष, भाटभटेनी सुपर मार्केटलगायतले एक करोड रुपैयाँ सहयोग गरेका छन्।

सानिमा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी, माछापुच्छ्रेले प्रतिसंस्था ६५ लाख र एभरेष्ट बैंकले ६० लाख रुपैयाँ कोषमा जम्मा गरेका छन्।

नर्भिक अस्पताल, उद्योग वाणिज्य महासंघ, नेपाल लाइफ इन्स्योरेन्स, लक्ष्मी इन्टरकन्टिनेन्टलगायतले ५० लाख रुपैया कोषमा जम्मा गरेका छन्। त्यस्तै, सिभिल बैंकले ४३ लाख ५० हजार रुपैयाँ कोरोना कोषमा जम्मा गरेको विवरणमा उल्लेख छ।

त्यस्तै, सीडीएस कम्पनी ३५ लाख, सानिमा बैंक ३३ लाख ४८ हजार, अम्बे स्टिल २५ लाख, सगरमाथा इन्स्योरेन्स १६ लाख रुपैयाँ कोरोना कोषमा राखेका छन्। १० लाख रुपैयाँ जम्मा गर्नेमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, क्षमादेवी कन्स्ट्रक्सन, ७ लाख जम्मा गर्नेमा सूर्या लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स छन्।

त्यस्तै, कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग गर्नेमा उक्यान तेन्जिङ, बीटीसी प्राइभेट लिमिटेड, रिभर ओभरसिज, बैंक अफ कााठमाण्डूका कार्यकारी अधिकृत शोभनदेव पन्त, जय अम्बे सप्लायर्स, विजय लघुवित्त वित्तीय संस्था, नेपाल इँट्टा उद्योग संघलगायत छन्।

कोषमा सबैभन्दा धेरै रकम जम्मा गर्नेमा नेपाल सरकार र नेपाल आयल निगम रहेका छन्। नेपाल सरकार र आयल निगमले ५०/५० करोड रुपैयाँ जम्मा गरेका छन्।

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड, नेपाल दूरसञ्चार कम्पनीले १२ करोड रुपैयाँ जम्मा गरेका छन्।

कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा समितिले ५/५ करोड जम्मा गरेको विवरणमा उल्लेख छ। नेपाल स्टक एक्सचेन्जले ३ करोड ५१ लाख कोषमा जम्मा गरेको छ। निक्षेप तथा कर्जा सरक्षण कोष र नेपाल धितोपत्र बोर्डले ३/३ करोड रुपैयाँ कोषमा जम्मा गरेका छन्।

नेपाल नागरिक कोषले २ करोड, राष्ट्रिय बीमा कम्पनीले १ करोड ६५ लाख, कृषि विकास बैंकले १ करोड २५ लाख, राष्ट्रिय बीमा संस्थान १ करोडसहित अन्य धेरै सरकारी निकायले कोषमा रकम जम्मा गरेका छन्।

वैशाख १७ गतेसम्म कोरोना कोषमा रकम जम्मा गरेका केही संस्था

क्र.सं.        संस्था                                 रकम
१              एनसेल                               १० करोड
२              एमआईटी ग्रुप                      ३ करोड
३              हिमानी ट्रष्ट                           २ करोड
४              प्राइम कमर्सियल बैंक           १ करोड ७५ लाख
५              एनएमबी बैंक                       १ करोड ५१ लाख
६              हिमाल बैंक लिमिटेड             १ कारोड २५ लाख
७              ग्लोबल आइएमई                 १ करोड १५ लाख
८              प्रभु बैंक                               १ करोड १ लाख
९              नेपाल पुनर्बीमा कम्पनी          १ करोड १ लाख
१०            यति एयरलाइन्स                   १ करोड
११            नेपाल चार्टर्ड एकाउन्टेट संस्था     १ करोड
१२            नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १ करोड
१३            मेगा बैंक                               १ करोड
१४            नेपाल इन्भेष्टमेन्ट बैंक             १ करोड
१५            निर्माण व्यवसायी कोष           १ करोड
१६             भाटभटेनी सुपर मार्केट           १ करोड
१७            सानिमा बैंक                          ६५ लाख
१८             बैंक अफ काठमाण्डू               ६५ लाख
१९             माछापुच्छ्रे बैंक                      ६५ लाख
२०            एनसिसी बैंक                         ६५ लाख
२१            एभरेष्ट बैंक                             ६० लाख
२२            नेपाल लाइफ इन्सुरेन्स           ५१ लाख
२३            लक्ष्मी इन्टरकन्टिनेन्ट (निराकार) ५० लाख
२४           नर्भिक हस्पिटल                      ५० लाख
२५           नेपाल उद्योग वाणिज्य महासंघ  ५० लाख
२६           सिभिल बैंक                            ४३ लाख ५० हजार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad