विप्रेषण आप्रवाह फागुन महिनामा ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो। २०८२ फागुन महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८८ अर्ब ६४ करोड रहको छ।
अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१५१ अर्ब १९ करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २,७३,५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २,५१,९८५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३,१७,०६८ र २,१७,४०३ रहेको थियो।
Shares

प्रतिक्रिया