कारोबार


अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्रा महँगिए

अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्रा महँगिए

नेपालखबर
बैशाख १९, २०८३ शनिबार ५:२४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अ‍ेरिकी डलर, कुवेती दिनारसहितका केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको भाउ आज पनि राष्ट्र बैंकले जनाएको छ। हिजो पनि यी सबैजसो मुद्रा महँगिएका थिए। 

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।  

त्यसैगरि आज युरो १ को खरिददर १७८ रुपैयाँ ५१६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ १० पैसा र बिक्रीदर २०५ रुपैयाँ ९१ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ६० पैसा र बिक्रीदर १०९ रुपैयाँ ०३ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा छ। विगत तीन दिनदेखि कुबेती दिनारको विनिमयदर यही छ। 

आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९१ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad