कारोबार


बैंक खाताको रकम चोरी बढ्यो, अनधिकृत लिंक नखोल्नू: ब्युरो

बैंक खाताको रकम चोरी बढ्यो, अनधिकृत लिंक नखोल्नू: ब्युरो

नेपालखबर
बैशाख २३, २०८३ बुधबार ५:१४, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ।

ब्युरोले सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आईपीएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न अलर्ट पठाउने गरेको पाइएको जनाएको छ।

प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाइ व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई ठुलो मात्रामा बैंक खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोको भनाइ छ।

ब्युरोले यस्ता अनधिकृत लिङ्क नखोल्न तथा सचेत रहन आग्रह गरिएको प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad