ठूला आयोजना समयमै सम्पन्न गर्न सुधारिएको ठेक्का प्रणाली र इन्जिनियरिङ मापदण्डको प्रभावकारी रुपमा कार्यान्वयन गरिने भएको छ।
सरकारले ल्याएको आगामी आवको नीति तथा कार्यक्रममा सुधारिएको ठेक्का प्रणाली कार्यान्वयन गर्ने उल्लेख गरेको हो।
सडक, जल, रेल र हवाई यातायातलाई समेट्न एकीकृत राष्ट्रिय यातायात गुरु योजना तयार गरिनेछ। लगानी एक्सप्रेस अवधारणा अनुसार पूर्वाधारसँग सम्बन्धि विवादको शीर्घ सुनुवाई र निर्णय गरिनेछ।
काठमाडौंमा बस र्यापिड ट्रान्जिट (बीआरटी) को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरु गरिनेछ।
72
Shares

प्रतिक्रिया