कोरोना संक्रमणको कारण दसैँमा आफ्नै परिवारमा पनि भेटघाट र रमाइलो गर्न नपाएको विषयलाई समेटेर सन्देशमुलक भिडियो ल्याएको नबिल बैंकले तिहारमा पनि नयाँ भिडियो सार्वजनिक गरेको छ।
बैंकले भाइटिकामा दाजु बहिनी भेट हुन नपाएको मार्मिक विषयलाई समेटेर बनाएको भिडियो बुधबार साँझ सामाजिक सञ्जालमा सार्वजनिक गरेको हो।
बैंकको डिजिटल पेमेन्ट सिस्टमको कर्मसियल भिडियो बनाएको हो। तर पनि धेरैले दसैँमा ल्याएको भिडियो मन पराएका थिए।
तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मक रुपमा नजिक भएर तिहार मनाऔं भन्ने सन्देश दिएको छ।
दसैँमा ल्याएको भिडियो कूल १३ लाख भन्दा बढि दर्शकले हेरिसकेका छन्।
3
Shares

प्रतिक्रिया