कारोबार


एनसेलले ल्यायो ‘माया’ च्याटबट : कम्पनीका सेवा र अफरबारे जानकारी लिन सकिने

एनसेलले ल्यायो ‘माया’ च्याटबट : कम्पनीका सेवा र अफरबारे जानकारी लिन सकिने

नेपालखबर
माघ ६, २०७७ मंगलबार १६:४,

एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सफर्मेसन योजनाअनुरुप ग्राहकमाझ च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ ।

यो च्याट सेवाको डिजिटल प्लेटफर्ममार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुबारे जानकारी सजिलै लिन सक्छन् ।

च्याटबोट सेवा ‘माया’ एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनः कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्दछ ।

यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ, यसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोटमार्फत एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासोहरु राख्न सक्छन् । च्याटबोट सेवा ‘माया’ माघ ४ गते देखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा उपलब्ध भएका छन् ।

यस प्लेटफर्ममार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टरकार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाबारे कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुबारे जानकारी लिन तथा कुनै गुनासो भए राख्न सक्छन् । एक दूरसञ्चार सेवा प्रदायकको रुपमा आफ्ना ग्राहकलाई नवीन सेवा सुविधाहरु प्रदान गर्दै ग्राहक अनुभवलाई अभिवृद्धि गर्न एनसेल सदैव तत्पर रहेको कम्पनीको भनाइ छ ।

यस नवीन डिजिटल सेवाले ग्राहक सेवालाई थप परिष्कृत गर्न मद्दत गर्ने विश्वास लिएको एनसेलले जनाएको छ । आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत एनसेलले आगामी दिनमा ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै थप नयाँ तथा नविन सेवाहरु ल्याउँदै जाने बताएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad