कारोबार


पिपुल्स हाइड्रोपावरको प्राथमिक सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

पिपुल्स हाइड्रोपावरको प्राथमिक सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

नेपालखबर
माघ ६, २०७७ मंगलबार १६:७,

 पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सुपर दोर्दी खोला जलविद्युत आयोजनाको सेयर निस्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ।

कम्पनीले लमजुङ्ग जिल्लामा निर्मााण गर्न लागेको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ ५४ मे.वा. मा लगानी गर्न आवश्यक स्वपुँजी समेत लगानी गर्न आफ्नो जारी पूँजी दुई अर्व ७५ करोड रुपैयाँ मध्ये ८२ करोड ५० लाख बराबरको रु. १०० अंकित दरको ८२ लाख ५० हजार कित्ता सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको जनाएको छ।

सो क्रममा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध निर्देशक केशवबहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरे

पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई मिति २०७५ फाल्गुण १५गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो।

कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनीे-फलेनीगा.वि.स.) मा बहने दोर्दीखोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७० प्रतिशत सम्पन्न भएको छ। आगामी २०७८ साल असोज महिनाभित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad