कारोबार


भायानेटको स्पिडीअफरः सय एमबीपीएससम्मको सुपर स्पिड इन्टरनेट इन्टरनेट

भायानेटको स्पिडीअफरः सय एमबीपीएससम्मको सुपर स्पिड इन्टरनेट इन्टरनेट

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ५:४३,

इन्टरनेट सेवाप्रदायक भायानेटले स्पिडी अफर योजना ल्याएको छ।

नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्युनिकेसन सोलुसन प्र्रदायक कम्पनीले ग्राहकहरुलाई किफायती मूल्यमा सुपर स्पीड इन्टरनेट प्रदान गर्न नयाँ योजना ल्याएको हो।

भायानेट स्पीडी अफरमा ग्राहकले १०० एमबीपीएससम्मको स्पिड पाउन सक्ने कम्पनीले जनाएको छ।

यो अफरअन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको दरमा १०० एमबीपीएस पाउन सकिन्छ।

त्यसमाथि १ हजारको रिवार्ड अंकको साथ भायाटिभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै फ्रिमा प्राप्त गर्न सकिन्छ। यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad