राजनीति


मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव आउनै लाग्दा प्रदेश सभाको अधिवेशन नै अन्त्य

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव आउनै लाग्दा प्रदेश सभाको अधिवेशन नै अन्त्य

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ५:३३,

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज बिहीबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका बेला सो प्रदेश सभाको अधिवेशन नै अन्त्य गरिएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको सूचना जारी गरिसकेका छन्।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले हिजो बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको नेपालखबरलाई बताए।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति जुटेलगत्तै एमाले नेतृत्वको प्रदेश सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।

GandakiProvince notice

लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार बनाउन सघाउन कांग्रेस तयार भएपछि नयाँ समीकरण बनेको थियो।

त्यसको सट्टा लुम्बिनी प्रदेशमा कांग्रेसले माओवादी नेतृत्वमा सरकार बनाउन सहमत भएको थियो।

यी पनि : 

गण्डकी प्रदेश सरकार फेर्न यसरी जुट्यो कांग्रेस–माओवादी सहमति

लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री फेर्ने कसरतमा कांग्रेस–माओवादी

आफूलाई हटाउने योजनामा लागेपछि माओवादी–कांग्रेसविरुद्ध मुख्यमन्त्री पोखरेलले पोखे आक्रोश

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad