समाज


झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ५:२१,

झापा शिवसताक्षी नगरपालिका-११ दुधेस्थित पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अर्का १ जना गम्भीर घाइते भएका छन्।

आज बिहीबार बिहान साढे ४ बजे पश्चिमतर्फ जादै गरेको बा२१च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका ७ का २० बर्षीय उत्सव घिमिरे र सोहि एम्बुलेन्समा सवार सोही स्थान बस्ने २० बर्षीय सन्तोष तामाङ गम्भीर घाईते भएको प्रहरीले जनाएको छ।

उनीहरु दुवैलाई उपचारको लागी बी एण्ड सी अस्पताल बिर्तामोड लैजाँदै गर्दा चालक घिमिरेको बाटैमा मृत्यु भएको र तामाङको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad