कारोबार


बैंकिङ कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर

बैंकिङ कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार ८:५३,

काठमाडौँ उपत्यकामा बैंकिङ कसुरका घटनामा वृद्धि भएको छ।

महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ।

जसमा काठमाडौँमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो। बैङ्किङ कसुरमा काठमाडौँमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ।

उपत्यकामा आव २०७४÷०७५ मा ४८७ र आव २०७३÷०७४ मा १० जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो।

यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैंकिङ कसुरमा मुद्दा चल्दै आएको छ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताउँछन्। ‘पहिला सहमतिमा कारोबार ग-यो, पछि पैसा नउठेपछि प्रहरीकोमा मुद्दा हाल्ने प्रचलन बढेको छ’ उनले भने।

खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैंकिङ कसुरमा मुद्दा चलाइने गरेको छ।

केही समय अगाडि देवानी हक अन्तर्गत बैंकिङ कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैंकिङ कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो।

मुलुकभर आर्थिक वर्ष २०७५-०७६ मा दुई हजार ६२० जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो। यस्तै आव २०७४-०७५ मा ७७६ र आव २०७३-०७४ मा ९३ जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad