सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कूल विभाग नेतृत्व ईश्वर पोखरेलले पाएका छन्। शुक्रबार बसेको सचिवालय बैठकले विभाग तथा आयोगमा जिम्मेवारीको टुंगो लागाउँदै स्कूल विभाग पोखरललाई दिने निर्णय गरेको हो।
बैठकबाट बाहिरिएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्षमा बामदेव गाैतमलाई चयन गरिएको जानकारी दिए। श्रेष्ठ स्वयंलाई प्रचार विभागको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया