कारोबार


एकै वर्ष काठमाडौं उपत्यकामा दर्ता भए साढे १५ हजार ईभी

एकै वर्ष काठमाडौं उपत्यकामा दर्ता भए साढे १५ हजार ईभी

चोभार सुक्खा बन्दरगाहमा पार्किङ गरिएका ईभी


नेपालखबर
साउन ७, २०८२ बुधबार १९:१२, काठमाडौँ

गत आर्थिक वर्ष २०८१/८२ मा काठमाडौं उपत्यकामा साढे १५ हजारभन्दा बढी विद्युतीय कार (ईभी) दर्ता भएका छन्।

यातायात व्यवस्था कार्यालय सानाठूला सवारी एकान्तकुना, ललितपुरका अनुसार गत आवको साउनदेखि असार मसान्तसम्म १५ हजार ६७५ युनिट ईभी दर्ता भएका हुन्।

कार्यालयका अनुसार गत आवमा सबैभन्दा धेरै ईभी जेठमा दर्ता भएको छ। जेठमा ५ हजार १०५ युनिट ईभी दर्ता भएको कार्यालयको तथ्यांकमा देखिन्छ। सबैभन्दा कम ईभी असारमा दर्ता भएको छ। असारमा जम्मा ३१ युनिट ईभी दर्ता भएका छन्।

गत आवमा कार्यालयका अनुसार साना र ठूला सवारी २७ हजार ६०८ युनिट दर्ता भएका छन्। यस अवधिमा ईभीपछि सबैभन्दा धेरै कार/जिप/भ्यान दर्ता भएको देखिन्छ। यी सवारी ७ हजार ६८४ युनिट दर्ता भएका छन्। 

साउनदेखि असारको अवधिमा एक हजार १९ युनिट बस दर्ता भएका छन्। मिनिबस/मिनिट्रक एक हजार ५०७ युनिट, क्रेन/डोजर/एक्स्काभेटर/लोडर ७१४ युनिट, ट्रक/टिपर/ट्यांकर/कन्टेनर ९३३ युनिट, माइक्रो ९२ युनिट र कूटनीतिक ९२ युनिट र एम्बुलेन्स/शववाहन २ युनिट दर्ता भएको कार्यालयको तथ्यांकमा देखिन्छ।

यस अवधिमा पिकअप र टेम्पोको दर्ता संख्या भने शून्य रहेको कार्यालयको तथ्यांकमा देखिन्छ। 

कुन गाडी कति दर्ता भए? 

सवारीसाधन दर्ता भएको संख्या
विद्युतीय कार १५६७५
कार–जिप–भ्यान ७६८४
बस १०१९
मिनिबस/मिनिट्रक १५०७
क्रेन/डोजर/एक्स्काभेटर/लोडर ७१४
ट्रक/टिपर/ट्यांकर/कन्टेनर ९३३
माइक्रो ९२
कूटनीतिक
एम्बुलेन्स/शववाहन
जम्मा २७६०८


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad