कारोबार


एमजी एस सिक्स ईभी वैशाख २८ गते सार्वजनिक हुने, के छन् विशेषता?

एमजी एस सिक्स ईभी वैशाख २८ गते सार्वजनिक हुने, के छन् विशेषता?

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार ११:३९, काठमाडौँ

एमजी एस सिक्स ईभी नेपाली बजारमा सार्वजनिक हुने भएको छ। नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी एस सिक्स ईभी सार्वजनिक गर्ने भएको हो। 

कम्पनीका अनुसार एमजी एस सिक्स ईभी नेपाली बजारमा वैशाख २८ गते सार्वजनिक हुनेछ। एमजी एस फाइभको सक्सेसरको रुपमा रहेको एमजी एस सिक्स ईभी स्पेसियस मिड साइज पारिवारिक एसयूभी हो।

नयाँ एमजी ईभीमा ७७ किलोवाट आवर अल्ट्रा–थिन ब्याट्री र १८० किलोवाटको शक्तिशाली मोटर छ। फुल चार्जमा ४३० किलोमिटर रेन्ज प्रदान गर्छ। १५० किलोवाट अल्ट्रा फास्ट चार्जरबाट १०–८० प्रतिशत चार्ज हुन ३८ मिनेट लाग्ने कम्पनीको दाबी छ। कार ५.१ सेकेन्डमा १०० किलोमिटरको गति लिन सक्षम छ।

अल ह्वील ड्राइभ युक्त कारमा पाँच ड्राइभ मोड नर्मल, स्पोर्ट, इको, स्नो र कस्टम छ। कारमा १२.८ इन्च एचडी टचस्क्रिन र १०.२५ इन्च ड्राइभर डिस्प्ले दिइएको छ। एमजी एस सिक्स ईभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटोका लागि वायरलेस कनेक्टिभिटी दिइएको छ।

सुरक्षाका दुष्टिकोणले पनि एमजीको नयाँ ईभीलाई सुरक्षित मानिएको छ। सुरक्षाका लागि कारले ५ स्टार एनक्याप रेटिङ प्राप्त गरेको छ। कारमा सात वटा एयरब्याग छ।

एमजी पाइलट कस्टम
एमजी एस सिक्स ईभीमा एडभान्स ड्राइभिङ प्रणाली ‘एमजी पाइलट कस्टम’ दिइएको छ। जसले गाडी चलाउँदा आँखामा नपरेको विषयहरुमा पूर्वानुमान लगाएर सुरक्षित यात्रा गर्न मद्दत गर्छ।

नयाँ एमजी पाइलट कस्टम फिचरले ड्राइभरलाई आफूलाई मनपर्ने सेटिङ व्यक्तिगत रुपमा मिलाउन र सजिलै सेटिङ सम्झन मद्दत गर्छ।

एक्टिभ इमरजेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ, एडेप्टिभ क्रुज कन्ट्रोल, र ब्लाइन्ड स्पट डिटेक्शनले ड्राइभरको सुरक्षालाई ध्यानमा राख्दै सतर्क रूपमा निगरानी गर्छ। यसले तनाव रहित यात्रा गर्न मद्दत गर्छ। 

एमजी एस फाइभको सक्सेरको रुपमा रहेको एमजी एस सिक्सको मूल्य ७० देखि ७५ लाख रुपैयाँ आसपास हुने विश्वास गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad