ad ad

कारोबार


निर्माण क्षेत्रको लगानीमा हिच्किचाउँदै बैंकहरू, २ खर्बमा कुनको कति हिस्सा?

निर्माण क्षेत्रको लगानीमा हिच्किचाउँदै बैंकहरू, २ खर्बमा कुनको कति हिस्सा?

नेपालखबर
बैशाख ५, २०८१ बुधबार १८:१४, काठमाडौँ

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ५ दशमलव ५२ प्रतिशत योगदान गरिरहेको निर्माण क्षेत्रमा बैंकहरूको लगानी कमजोर देखिएको छ।  

अन्य क्षेत्रको तुलनामा निर्माण क्षेत्रमा विगतदेखि नै बैंकिङ क्षेत्रबाट हुने लगानी कम छ। 

फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाले कुल ५० खर्ब ८७ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। 

यसमा सबैभन्दा धेरै होलसेल र रिटेल व्यवसायमा १० खर्ब १५ अर्ब रुपैयाँ लगानी भएको छ। दोस्रोमा उपभोग्य वस्तुमा ९ खर्ब ८१ अर्ब रुपैयाँ लगानी भएको छ। 

तर महत्त्वपूर्ण मानिएको निर्माण क्षेत्रमा भने बैंकहरूको लगानी निकै कमजोर छ। यस क्षेत्रमा चालू आवको फागुनसम्म सबै बैंक तथा वित्तीय संस्थाको गरी कुल २ खर्ब १५ अर्ब २१ करोड रुपैयाँ प्रवाह भएको छ।

गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा भने उक्त लगानी केही बढी हो। गत वर्ष सोही अवधिमा २ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ प्रवाह भएको थियो। 

चालू वर्षमा केही बढे पनि अन्य क्षेत्रको तुलनामा भने यो कमजोर लगानी हो। 

वाणिज्य बैंकहरूमध्ये निर्माण क्षेत्रमा लक्ष्मी सनराइज बैंकले सबैभन्दा बढी लगानी गरेको छ। बैंकले फागुन मसान्तसम्म ३१ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ। तर अन्य बैंकहरूको लगानी कम छ। 

वाणिज्य बैंकहरूबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरूको पनि कम लगानी भएको छ। 

शिथिलता, निर्माण सामग्री आयात र आन्तरिक उत्पादनमा कमीजस्ता समस्या झेलिरहेको निर्माण क्षेत्रमा लगानी समेत कमजोर हुँदा यो वर्ष

यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदर ६ दशमलव ६२ प्रतिशतले ऋणात्मक हुने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। 

कुन बैंकको कति लगानी?

वाणिज्य बैंक निर्माण क्षेत्रमा लगानी (रु)
नेपाल बैंक लिमिटेड ३ अर्ब ११ करोड
राष्ट्रिय वाणिज्य बैंक ३ अर्ब ३७ करोड
नबिल बैंक २२ अर्ब ३५ करोड
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २८ अर्ब २९ करोड
स्ट्यान्डर्ड चार्टर्ड बैंक ८ अर्ब २ करोड
हिमालयन बैंक २ अर्ब ८ करोड
एसबीआई बैंक १ अर्ब ७५ करोड
एभरेष्ट बैंक २ अर्ब ७३ करोड
एनआईसी एसिया १६ अर्ब ८२ करोड
माछापुच्छ्रे बैंक ६ अर्ब ७१ करोड
कुमारी बैंक १७ अर्ब ५८ करोड
लक्ष्मी सनराइज बैंक ३१ अर्ब ५७ करोड
सिद्धार्थ बैंक लिमिटेड ५ अर्ब १३ करोड
कृषि विकास बैंक १० अर्ब ३ करोड
ग्लोबल आईएमई बैंक ८ अर्ब ५४ करोड
सिटिजन्स बैंक १० अर्ब २९ करोड
प्राइम बैंक १० अर्ब ४३ करोड
एनएमबी बैंक ४ अर्ब ६३ करोड
प्रभु बैंक ११ अर्ब ३१ करोड
सानिमा बैंक ७ अर्ब ७२ करोड 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .