कारोबार


साढे १० प्रतिशत बोनस बाँड्ने सिद्धार्थ बैंकको प्रस्ताव

साढे १० प्रतिशत बोनस बाँड्ने सिद्धार्थ बैंकको प्रस्ताव

नेपालखबर
असोज २२, २०८२ बुधबार १२:२१, काठमाडौँ

सिद्धार्थ बैंकले सेयरधनीलाई दिने लाभांशसम्बन्धी प्रस्ताव गरेको छ। 

२१ गते बसेको बैंक सञ्चालक समिति बैठकले १०.५३ प्रतिशत लाभांश बाँड्ने प्रस्तावमा निर्णय गरेको हो। 

आर्थिक वर्ष २०८१÷०८२ को वितरणयोग्य मुनाफाबाट बैंकले राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि बाँड्ने गरी ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) बाँड्ने निर्णय गरेको हो। 

बैंकको हाल कायम चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ छ। यसअनुसार ७० करोड ४४ लाख ९९ हजारको बोनस सेयर र ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँको नगद लाभांश बाँडिनेछ। 

बैंकले कुल १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँको लाभांश बाँड्ने तयारी गरेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad