कारोबार


गोल्डन ओक १२औँ कृति अवार्ड्समा उत्कृष्ट मनोनयनहरु घोषणा

गोल्डन ओक १२औँ कृति अवार्ड्समा उत्कृष्ट मनोनयनहरु घोषणा

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार ११:४८, काठमाडौँ

नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डन ओक १२औं कृति अवार्डस २०७९ को विभिन्न ३१ वटा विधामा परेको ४२५ मनोनयनहरुमध्ये हरेक विधामा उत्कृष्टताको उच्चतम ५ वटासम्मका मनोनयनहरु घोषणा भएको छ।

होटल याक एण्ड यतिमा आयोजित भव्य समारोहबीच मनोनयन घोषणा गरिएको हो। उक्त कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरु उपस्थित थिए। 

विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको साझा कार्यक्रम गोल्डन ओक १२औं कृति अवार्डस् २०७९को तीन शीर्षक मध्य मेनस्ट्रिमअन्तर्गतका विधाहरुमा उत्कृष्ट–५, तथा टेक्निकल र क्याम्पेन शीर्षकअन्तर्गतका विधाहरुमा उत्कृष्ट–३/३ छनौटहरुको आज घोषणा गरिएको हो। यस गोल्डन ओक १२औं कृति अवार्ड्समा ३१ वटा विधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए।

गोल्डन ओक १२औँ कृति अवार्ड २०७९को मुख्य प्रायोजकमा गोल्डन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेको छ। त्यसै गरी कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ्ग पार्टनरका रुपमा मुक्तिनाथ विकास बैक लि., ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आइ.टि.पि.एफ., प्रभु बैक, सफ्टि हाइजिन, सेल पे, र राष्ट्रिय बाणिज्य बैंक रहेका छन्। 

गोल्डन ओक १२औं कृति अवार्डस २०७९को मुल समारोह होटल सोल्टीमा भाद्र २५ गते शनिबार हुँदै छ। 

कार्यक्रममा बाह्रौँ कृतिका ट्राभल पार्टनर—गुरु ट्राभल्स र आनबीच सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो। 

मनोनयनमा परेकाहरु 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .