ad ad

कारोबार


भिभोका बजेटमैत्री वाई शृंखलाका २ फोन सार्वजनिक

भिभोका बजेटमैत्री वाई शृंखलाका २ फोन सार्वजनिक

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १५:९, काठमाडौँ

भिभोले आज लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ। 

भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरू भनेर परिचित छन्। भिभाले वाई सिरिजमा ठूलो सफलता हासिल गरेको छ र यसलाई कायम राख्न आफ्नो प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ स्मार्टफोनहरू विकास गर्दै आइरहेको छ। 

पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन र उत्कृष्ट लुकका साथ आज सार्वजनिक भएका वाई२२एस र वाई१६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरुका लागि उपयुक्त स्मार्टफोन हुन्।

भिभो नेपालका सीईओ माइकलले नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकहरूको हृदयमा एक विशेष स्थान बनाउन सफल भएको बताए। 

वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६जीवी र्याम र १२८ जीवी रोम रहेको छ जसले प्रयोगकर्ताहरूलाई बिना कुनै ढिलाइ एकै साथ धेरै एपहरू चलाउन अनुमति दिन्छ । विस्तारित र्याम सुविधाले निष्क्रिय रोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि १ टेराबाईट सम्म मेमोरी कार्डको साहेताले एक्सटेन्ड गर्न मिल्छ। 

वाई२२एस एआई पावर–सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदान गर्दछ । यो ५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्यूटी छ जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्वीरहरू लगातार क्लिक गर्न मद्दत गर्दछ।

पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम उज्यालोमा पनि उत्कृष्ट तस्वीरहरु लिन अनुमति दिन्छ । 

यसबाहेक, मल्टी–स्टाइल पोट्र्रेटमा फेस ब्यूटी, बोकेह, र अन्य शैलीहरू वाई२२एस मा समावेश छन् जसमार्फत प्रयोगकर्ताहरूले व्यक्तिगत पोट्र्रेट बनाउन सक्छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्वीरहरु खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ ।

अर्कोतर्फ, वाई१६ ले केही प्रभावशाली स्पेसिफिकेशनहरू, २.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ । वाई१६ को एपिअरेन्स आकर्षक रहेको छ । यो स्मार्टफोन ४जीवी र्याम र ६४जीवी रोम भेरियन्टमा आउँछ । यसमा भएको मिडियाटेक हेलियो पी३५ अक्टा–कोर प्रोसेसरले सहज मल्टी–टास्किङ र अधिकतम कार्यक्षमता प्रदान गर्दछ ।

वाई१६ मा क्यामेरा सेटअपले अझ बढि आकर्षण थपेको छ र प्रयोगकर्ताहरूलाई १३एमपी एआई डुअल क्यामेराको साथ आकर्षक शटहरू क्लिक गर्न सक्षम बनाउँछ ।

वाई२२एस स्टारलिट ब्लू र समर सायन कलरमा २७ हजार ९९९ रुपैयाँ मूल्यमा मिनिमालिस्टिक आउटलुकको साथ उपलब्ध छ। त्यस्तै वाई१६ प्राकृतिक लुक– स्टेलर ब्ल्याक र ड्रिजलिंग गोल्ड कलर भेरियन्टमा १९ हजार ९९९ रुपैयाँमा उपलब्ध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .