भुक्तानी सञ्चालक फोनपेले 'बोहनी, फोनपे क्यूआर बाटै' भन्ने पहल सुरु गरेको छ।
यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ।
फोनपे क्यूआरमार्फत बोहनी स्वीकार गर्दा व्यवसायीहरूले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ-साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन्।
अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्ने र अभियान अवधिमा फोनपे क्यूआरमार्फत भुक्तानी लिएको हुनुपर्नेछ। अभियानअन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ ईभी स्कुटर जित्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।
फोनपेका प्रमुख व्यवसाय अधिकृत सुमित दासलेयस पहलको आशय व्यवसायीहरूलाई, डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यावसायिक कार्यहरूमा समाहित गर्न अझ बढ्न प्रोत्साहन गर्नु भएको बताए।
Shares

प्रतिक्रिया