विश्वव्यापी मोबिलिटी एन्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ।
यो अभियानमा ड्राइभर पार्टनर्सबाट उत्साहजनक प्रतिक्रिया र सहभागीता रहेको थियो।
क्याम्पेन साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू, र दुई मेगा ग्रान्ड पुरस्कारहरू मार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो।
यसअनुसार क्याब ड्राइभर श्रेणीअन्तर्गत हरि पाण्डेले टाटा एक्सप्रेस–टि ईभी जितेका छन् भने बाइक (मोटो) राइडर श्रेणीमा आकाश तामाङले टीभीएस रेडर जितेका छन्।
दुवै विजेताहरूलाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने र भव्य पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो।
यो घोषणा नोभेम्बर ७ मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानलमार्फत लक्की ड्रमार्फत प्रत्यक्ष प्रसारणमा गरिएको थियो।
क्याम्पेनले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू पनि वितरण गरेको छ। जसमा वनप्लस नर्ड सीई४ लाइट फाइभजी स्मार्टफोनका १५ विजेताहरू, अल्टिमा एटम १९२ इयरबडका ३० विजेताहरू र अल्टिमा नोभा प्रोस्मार्टवाचका ३० विजेताहरू रहेका छन्।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले विजेताहरूलाई बधाई दिँदै भनिन्, ‘हाम्रा ड्राइभर पार्टनर्सहरू नेपालमा इनड्राइभको सफलताको आधार हुन्। यो अभियान उनीहरूको प्रतिबद्धता, व्यावसायिकता र उनीहरूले हरेक दिन खेल्ने महत्वपूर्ण भूमिकालाई मान्यता दिने हाम्रो कदम हो।’
इनड्राइभमा छनोटको स्वतन्त्रताको पक्षमा रहेको र कम्पनीको निष्पक्ष र पारदर्शी मूल्य निर्धारण मोडेलले चालक र यात्रु दुवैलाई फाइदा पुर्याउने कुरा सुनिश्चित गरेको उनको भनाइ छ।
‘हामी हाम्रो कम्युनिटी पार्टनर्सलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं। सबै विजेताहरूलाई बधाई छ र हाम्रो मिशनलाई अगाडि बढाउनुभएकोमा धन्यवाद। हामीले अघिल्लो पटक वाचा गरेझैं, हामी हाम्रा ड्राइभर पार्टनर्सहरूका लागि ठूलो र उत्कृष्ट अभियान लिएर आएका छौं। हाम्रा सबै विजेताहरूलाई बधाई छ, तपाईंको समर्पणले हाम्रो अभियानलाई अगाडि बढाउँछ। हामी हाम्रा चालकहरूलाई स्वतन्त्रता, निष्पक्षता र समर्थनका साथ सशक्त बनाउन प्रतिबद्ध छौँ’, उनले भनिन्।
Shares

प्रतिक्रिया