कारोबार


सामसङले ल्यायो नयाँ वर्ष अफर

सामसङले ल्यायो नयाँ वर्ष अफर

नेपालखबर
चैत १७, २०८२ मंगलबार ११:४२, काठमाडौँ

सामसङ नेपालले नेपाली नयाँ वर्षको अवसरमा ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ नामक नयाँ वर्ष अफर ल्याएको छ। 

आफ्ना नयाँ टिभी र होम एप्लायन्सहरूमा अफर ल्याइएको हो। 

यो अफर अप्रिल १ देखि मे १४ सम्म लागू हुनेछ। भिजन एआई टिभी र बेस्पोक एआई होम अप्लाएन्सहरुमा आकर्षक अफर ल्याएको कम्पनीले जनाएको छ। 

क्याम्पेनअन्तर्गत सामसङले टिभीमा २५ प्रतिशतसम्मका छुट वाशिङ मेसिनमा २३ प्रतिशतसम्मका छुट र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्मका छुट उपलब्ध गराएको छ। नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर हो।

यस अफरलाई अझ आकर्षक बनाउन, चुनित टिभी मोडेल किन्दा रु ३००० बराबर १२ महिनासम्मको नेट टिभी प्याकेज नि:शुल्क उपलब्ध छ। त्यसैगरी, चुनित वाशिंग मेशिन मोडेलको खरिदमा ६ किलो सर्फ एक्सल मेटिक पक्का उपहारको रूपमा नि:शुल्क पाइन्छ।

अब नयाँ २४ महिना ईएमआई योजनासँग सामसङका प्रिमियम टिभी र होम अप्लाएन्सहरु अझै बजेटमैत्री भएका छन्। ग्राहकहरूले ५० हजारभन्दा माथिका नयाँ होम अप्लायन्सहरू ४० प्रतिशत डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्छन्। यो नयाँ योजनाले १२ महिना ईएमआईको तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउँछ, जसले ग्राहकलाई बढी लचिलोपन दिने कम्पनीको दाबी छ।

हुलास फिनसर्भ हायर पर्चेस लिमिटेडद्वारा सञ्चालित, सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले १२ महिने ईएमआई योजनामा ० प्रतिशत ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्छन्। तर २४ महिना ईएमआई विकल्पमा भने ७.९९ प्रतिशत अतिरिक्त ब्याज लागू हुनेछ।

साथै, नयाँ सामसंगटिभी र होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसंगरिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad