कारोबार


एनपीएल प्रत्यक्ष प्रसारणमा डिशहोम गोलाई ऐतिहासिक उपलब्धि

एनपीएल प्रत्यक्ष प्रसारणमा डिशहोम गोलाई ऐतिहासिक उपलब्धि

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १८:१२, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को आधिकारिक प्रत्यक्ष प्रसारण साझेदार डिशहोम गो एपले उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमांडौ गोर्खा बीचको रोमाञ्चक भिडन्त दुई लाखभन्दा बढी दर्शकसँग प्रत्यक्ष देखाउन सफल भएका छ। 

दर्शक संख्यालाई प्राविधिक भाषामा, ‘कन्क्युरेन्ट भ्युवर्सिप’ भनिन्छ, जसले डिशहोम गोको तयारी र प्रविधिक क्षमता पुष्टि गर्ने डिशहोमले जनाएको छ।

उद्घाटन खेलमा केही प्रयोगकर्ताहरूले प्रत्यक्ष प्रसारण हेर्न असमर्थता अनुभव गरेका थिए। यो समस्या केवल डिशहोम गोको नभएर, धेरै पक्षहरू संलग्न रहेको प्रणालीगत प्रक्रियाका कारण उत्पन्न भएको थियो। विशेषतः एनपिएल सिजन पास को सदस्यता खरिद प्रक्रियामा देखिएका प्राविधिक जटिलताहरूले आइओएस् प्रयोगकर्ताहरूमा असुविधा सिर्जना गरेका थिए। एन्ड्रोइड प्रयोगकर्ताहरूले भने सहजै सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्षम भएका थिए।

डिशहोम गो एपका इञ्जिनियरहरू र विश्वस्तरीय सहयोगी कम्पनीका विशेषज्ञहरूले लगातार समस्या समाधानमा काम गरिरहँदा पहिलो दिन धेरै समस्याहरु समाधान भएका थिए, दोस्रो दिनदेखि आइओएस् प्रयोगकर्ताहरूले पनि सहज रूपमा एनपिएल सिजन पास को सदस्यता लिएर प्रत्यक्ष खेल हेर्न सक्ने अवस्था आएको थियो।

यसैगरी, दोस्रो र तेस्रो दिनको खेलमा लगभगसबै प्राविधिक चुनौतीहरू सफलतापूर्वक समाधान भइसकेका छन्। डिशहोम गोका आधिकारिक च्यानलहरु मार्फत प्राप्त हजारौं अनुरोधहरूलाई प्रणालीबाट एकैचोटि सक्रिय गरियो। यसका साथै, कुनै प्रयोगकर्ताले दोहोरो भुक्तानी गरेका ग्राहकहरूको रकम फिर्ता प्रक्रिया सुरु भइसकेको छ।

थप सहजता सुनिश्चित गर्न, बुधबारदेखि खल्ती तथा इसेवा मार्फत एनपिएल सिजन पास को भौचर खरिद गर्न सकिने व्यवस्था गरिएको छ। खल्ती तथा इसेवा बाट खरिद गरिने भौचर नेपालमा मात्र प्रयोग गर्न सकिने सुविधा रहेको छ। प्रत्येक व्यक्तिले आवश्यक अनुसार जतिसक्दो भौचर खरिद गर्न सक्ने सुविधा उपलब्ध गरिएको छ, जसले घरपरिवार र साथीभाईलाई पनि सहकार्य गर्न तथा मोबाइलमार्फत सजिलै एनपिएल हेर्न सहयोग पु¥याउनेछ।

डिशहोम गोले यो चुनौतीपूर्ण कार्य सफलता पूर्वक सम्पन्न गर्दै नेपालको इतिहासमा पहिलोपटक पूर्ण रूपमा मोबाइल एप मार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने नेपाली कम्पनीको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। यसरी, डिशहोम गो अब राष्ट्रिय सिमाना पार गर्दै विश्वस्तरीय प्रत्यक्ष प्रसारण प्लेटफर्म बन्ने यात्रा अघि बढाइरहेको छ र विश्वभरका लोकप्रिय स्ट्रिमिङ सेवाहरूको सूचीमा आफ्नो स्थान सुरक्षित बनाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad