ad ad

कला


झापाका ‘केशव सर’ले सार्वजनिक गरे ‘धोका दिएर नछाड’ म्युजिक भिडिओ (हेर्नुहोस्)

झापाका  ‘केशव सर’ले सार्वजनिक गरे ‘धोका दिएर नछाड’ म्युजिक भिडिओ (हेर्नुहोस्)

मगेन्द्र राई
साउन १२, २०७८ मंगलबार २०:१०,

लामो समयदेखि शिक्षणमा संलग्न ‘केशव सर’ले ‘धोका दिएर नछाड’ म्युजिक भिडिओ सार्वजनिक गरेका छन्। 
झापा निवासी गायक केशव पौडेलको एकल आवाज रहेको म्युजिक भिडियो आफ्नै युट्युब च्यालन ‘केशव सर अफिसियल’बाट गत शनिबार सार्वजनिक गरिएको हो। ‘धोका दिएर नछाड’ म्युजिक भिडिओमा शब्द, संगीत पनि गायक पौडेलकै छन्। 

यो उनको तेस्रो गीत हो भने पहिलो म्युजिक भिडिओ हो। भिडिओमा अभिनय पनि उनी आफैंले गरेका छन्। निर्माणसमेत गायक आफैंले गरेका हुन्। 

विनोद बुढाथोकीको एरेन्ज रहेको म्युजिक भिडिओको सम्पादन गोविन्द सोनीले तथा निर्देशन रोहित लाम्गादेले गरेका हुन्। आमा डिजिटल स्टुडियो झापामा रेकर्डिङ गरिएको गीतको मिक्सिङ र मास्टरिङ जेनेरिक स्टुडियो काठमाडौंमा गरिएको हो। 

निकै भावुक र वियोगान्त म्युजिक भिडिओको छायांकन झापाकै पर्यटकीय स्थल मिनी माउन्टेन बाहुनडाँगी तथा चिया बगानमा गरिएको छ। छायांकन सुवास लिम्बुले गरेका हुन्। 

जीवनको उत्तरार्द्धमा गीत–संगीततर्फ होमिने जोखिम लिनुभएछ, बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ, कत्तिको प्रेसर फिल गर्नुभएको छ भन्ने नेपालखबरको प्रश्नमा पौडेलले भने, ‘खासमा म साहित्य र संगीतकै लागि जन्मिएको हुँ  जस्तो लाग्छ, तर जसरी पनि उच्च शिक्षा हासिल गर्नैपर्छ भन्ने परम्परागत मान्यताका कारण मेरो साहित्य र संगीत ओझेलमा परेको हो। म किशोर अवस्थाबाटै कविता, गीत लेख्ने, स्कुल–कलेजमा गीत गाउने गर्थें। दुई दसकभन्दा अगाडि नेपाल टेलिभिजनबाट प्रसारित रियालिटी शो ‘ब्राइटर तिम्रो गीत मेरो सुर’मै मैले दर्शक तथा स्रोताबाट वाहिवाही पाइसकेको छु, धनकुटा रेडियोमा समेत गाएको छु, साथै प्रयोगवादी नाटकहरूमा समेत अभिनय गरिसकेको छु।’

गीतमा आफ्नै भोगाइ प्रस्तुत गर्नुभएको त होइन भन्ने अर्काे प्रश्नमा उनले भने, ‘जहाँसम्म शब्दको कुरा छ, आधुनिक युवा मायाप्रेममा असफल हुँदा संवेगले विभिन्न विकृतिमा फस्ने र दुःखद घटनासमेत भइरहेको हुँदा उनीहरूको मनोविज्ञानसमेत उजागर गर्ने प्रयत्न गरेको हुँ। र, गीत उनीहरूपति नै समर्पित छ, जुन मेरो जीवन भोगाइसँग मेल खाँदैन।’ 

कोरोना महामारीका कारण भएको लकडाउनको समय सदुपयोग गर्न पनि आफूले पछिल्लो समय लोकप्रिय बनिरहेको म्युजिक भिडिओ बनाएको पौडेलले बताए। भिडियोमार्फत आफ्नै क्षेत्रको पर्यटन प्रवद्र्धन पनि गर्न चाहेको उनले सुनाए। 

झन्डै ३ दसकदेखि स्कुल-कलेजमा पढाइरहेका ‘केशव सर’ले कम्तीमा वर्षमा एउटा म्युजिक भिडिओ बनाउने लक्ष्य राखेका छन्। 

हेर्नुहोस्, भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .