कला


राज कुन्द्राले असहमति बाबजुद चुम्बन गरेको र जबर्जस्ती गर्न खोजेको सर्लिनको आरोप

राज कुन्द्राले असहमति बाबजुद चुम्बन गरेको र जबर्जस्ती गर्न खोजेको सर्लिनको आरोप

सर्लिन, राज र शिल्पा


नेपालखबर
साउन १४, २०७८ बिहिबार १६:३४,

भारतीय मुलका बेलायती उद्योगपति तथा अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा अहिले प्रहरी हिरासतमा छन्।

पोर्न भिडिओ बनाएको आरोपमा उनीमाथि यतिबेला अनुसन्धान भइरहेको छ। उनको पक्ष र विपक्षमा धेरैले आफ्ना भनाइहरु पनि राखिरहेका छन्।

शिल्पा आफैंले आफ्ना पतिमाथि लागेको आरोप गलत भएको बताएकी थिइन्। उनले राजले कामुक चलचित्र बनाएको र यो चलचित्र पोर्न नभएको उनको भनाइ छ।

तर प्रहरीले भने राजले पोर्न चलचित्र बनाएको आफूसँग पर्याप्त प्रमाण भएको बताएको छ।

यसबीचमा अभिनेत्री सर्लिन चोप्राले राज कुन्द्रामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छिन्। सर्लिनका अनुसार राजले उनीमाथि जबर्जस्ती चुम्बन गरेका थिए।

मुम्बई क्राइम ब्रान्चमा बयान दिँदै उनले यस्तो आरोप लगाएकी हुन्। उनका अनुसार सन् २०१९ मा कुन्द्राले उनका म्यानेजरसँग फोन गरेर केही प्रोजेक्टबारे कुरा गरेका थिए।

सोही वर्षको मार्च २७ मा कामबारे छलफल गरेपछि पूर्व सूचना बिनै कुन्द्रा सर्लिनको घर आएका थिए र असहमति बाबजुद उनले चुम्बन गरेका थिए। राजले जर्बजस्ती गर्न खोजेपछि आफू बाथरुममा भागेको उनको भनाइ छ।

सर्लिनका अनुसार राज कुन्द्रा र शिल्पा सेट्टीबीचको सम्बन्ध पनि राम्रो थिएन। राज कुन्द्रा घरमै हुँदा पनि तनाबमा हुने गरेको उनको भनाइ छ।

गत अप्रिलमा मात्र उनले राज कुन्द्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। हाल सो विषयमा पनि अनुसन्धान भइरहेको छ। जीन्यूज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad