सलमान खान र पूजा हेगडे स्टारर कमेडी ड्रामा फिल्म ‘कभी इद कभी दिवाली’ को शीर्षकलाई ‘भाइजान’ मा परिवर्तन गरिएको छ।
साजिद नाडियाडवालाले निर्माण गरेका यस फिल्मलाई २०२२ मा दिवालीमा रिलिज गर्ने निर्णय गरेका छन्।
फरहाद सामजी निर्देशित फिल्ममा सलमान–पूजा बाहेक आयुष शर्मा, असिम रियाज र जहीर इकबाल पनि मुख्य भूमिकामा छन्। स्रोतका अनुसार, सलमान र साजिद नाडियाडवालाले भर्खरै ‘भाइजान’ को सुटिङ कार्यक्रम र रिलिज मितिबारे छलफल गरेका थिए।
यस बैठकको दौरान दुवैले २०२२ को दिवाली सप्ताहअन्तमा ‘भाइजान’ रिलीज गर्ने सर्वसम्मतिले निर्णय गरेका छन्। ‘टाइगर’ को सुटिङ सकिएपछि सलमानले नोभेम्बरको पहिलो हप्तामा ‘भाइजान’ को लागि सुटिङ सुरु गर्नेछन्।
21
Shares

प्रतिक्रिया