कला


‘मेरो एउटा साथी छिन्, जो सबैभन्दा माथि छिन्’

‘मेरो एउटा साथी छिन्, जो सबैभन्दा माथि छिन्’

नेपालखबर
भदौ ७, २०७८ सोमबार १६:३४, काठमाडौँ

कलाकार तथा निर्देशक दीपा श्री निरौला आजबाट ४१ वर्ष लागिन्। जन्मदिनको दिन उनलाई दर्शक तथा शुभचिन्तकरूले शुभकामना व्यक्त गरिरहका छन्। कलाकारिताको सुरुवाती चरणमा निकै संघर्ष गरेकी दीपालाई रेडियो कार्यक्रम ‘राम बिलास धनियाँ’ र तीतो सत्यले स्थापित गरायो।

छक्का पञ्जाबाट निर्देशनमा समेत डेब्यु गरेकी दीपा पछिल्लो समय निर्देशकको रुपमा चिनिन्छिन्। कलाकारिता क्षेत्रमा दीपासँग सधैँ जोडिएर आउने नाम हो कलाकार दीपकराज गिरी। अभिनय जगतमा उनीहरूको सहकार्यलाई दर्शक तथा शुभचिन्तकले सुरुवातदेखि नै रुचाए।

र ‘छक्कापञ्जा’ टिममार्फत् उनीहरूले निर्माण गरेका फिल्म पनि व्यावसायिक हिसाबमा सफल मानिन्छन्। 

दीपाको जन्मदिनमा उनै सहकर्मी दीपकले सहयात्राका तीन दशक सम्झँदै शुभकामना दिएका छन्।

‘कसैको आँसु देख्नै नसक्ने, मुख अलि छुच्चो तर मन सारै कमलो। जसले जे भनोस् उनी संसारकै सबैभन्दा जाती छिन्। मेरो एउटा साथी छिन्! जो सबैभन्दा माथि छिन्’ दीपकले दीपालाई शुभकामना दिँदै फेसबुकमा लेखेका छन्। 

यस्तो छ दीपकको शुभकामना

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad