‘कालिगण्डकी संरक्षण अभियान’ले ‘नदी सप्तक’ कविता शृङ्खलाका लागि आह्वान गरेको छ। कालिगण्डकीको सम्यता र पर्यावरण जोगाउन १५ देखि २० लाइनको कवितामार्फत् ऐक्यवद्धता जनाउन कवि÷लेखकलाई आग्रह गरेको हो।
केही वर्षयता पर्यावरणीय सन्तुलन नै खलबलिने गरी नदीको तीव्र दोहन भइरहेको हुँदा नदीको संरक्षणका लागि अभियानले विभिन्न आन्दोलनहरू गरिरहेको छ। ‘सरकारले नदीको पानी नै अर्कोतिर मोड्ने परियोजना अघि सारेको छ।
सरकारलाई केवल सुरुङ खन्नु छ, पानीको प्राकृतिक बाटोलाई बिथोल्नु छ, पारिस्थितिक प्रणालीलाई बिगार्नु छ’ सरकारको यो कदमप्रति अभियानको आपत्ति छ।
‘कुनै वैज्ञानिक अध्ययनरअनुसन्धान बिना नै सुरु गरिएको प्रलयकारी कालीगण्डकी डाइभर्सन योजना र विगत केही दशकदेखि कालीगण्डकीको आँत र गर्वमा नै असर गर्ने गरी गरिएको गैरकानुनी दोहन यसैको परिणाम हो। कालिगण्डकी डाइभर्सनद्वारा राखिएको सिचाइ एवम् विद्युत उत्पादनको लक्ष्य स्थानीय पानीको श्रोतबाट समेत पूरा गर्न सकिने सुझाव विज्ञहरुले दिइरहँदा सरकारले डाइभर्सनकै ढिपी कस्नु कालिगण्डकीमाथिको कुदृष्टि बाहेक केही होइन’ अभियानले आह्वानपत्रमा भनेको छ।
कविता एक हप्ताअवधिमा पठाउन अनुरोध गरिएको छ। उत्कृष्ट कविता छनोट गरी पछि ‘नदी सप्तक’ कवितासङ्ग्रह प्रकाशन गरिने अभियानले बताएको छ।
Shares

प्रतिक्रिया