अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा पूरा गरेकी छन्।
ललितपुरको टौखेलस्थित आफ्नो घर नजिकैको किटनी माविमा अध्ययनरत उनले त्यहीँबाट कक्षा १२ को परीक्षा दिएकी हुन्।

कोरोना महामारीका कारण यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले ढिलागरी भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो भने परीक्षाका लागि होम सेन्टर तोकेको थियो। गत शुक्रबार कक्षा १२ का सबै विषयका परीक्षा सकिएका हुन्।
परीक्षा सकिएपछि अभिनेत्री मानन्धरले ‘गुडबाई १२’ भन्दै सबैलाई ब्याचलर पढ्ने शुभकामना दिएकी छन्।
उनले कक्षा १२ उत्तीर्ण भएपछि स्नातक पनि अध्ययन गर्ने बताएकी छन्।

78
Shares

प्रतिक्रिया