महलजस्तो घरमा बस्ने अभिनेता शाहरुख खानका छोरा आर्यन खान यतिबेला जेलमा छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी आर्थर रोड जेलमा बसेको आज पाँच दिन पुगेकाे छ। यही अक्टोबर ८ दिउँसोदेखि उनलाई उक्त जेलमा ल्याइएको हो।
यसैबीच जेलमा कैद आर्यनको अवस्था दिनप्रतिदिन दयनीय हुँदै गएकाे खबर सार्वजनिक भएको छ।
जेल स्रोतका अनुसार आर्यनले जेलमा आएदेखि खाना ठीकसँग खाइरहेका छैनन्। उनले पछिल्ला ४ दिनदेखि क्यान्टिनबाट किनिएको बिस्कुट (पार्लेजी) खाएर बाँचिरहेका छन्।
केह दिनअघि मुम्बईबाट गोवा जाँदै गरेको क्रुज पानीजहाजमा ड्रग्स पार्टी गरिरहेका बेला आर्यनसहित ८ जनालाई पक्राउ गरिएको हो।
यस प्रकरणमा अहिलेसम्म २० भन्दा बढी व्यक्ति पक्राउ परिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यी पनि :
शाहरुख खानका छोरा आर्यनले स्वीकार गर्दै भने : हो, म चरेस खान्छु!
छोरा आर्यन पक्राउको असर : बाइजुसले रोक्यो अभिनेता शाहरुख खानका सबै विज्ञापन
Shares
प्रतिक्रिया