कला


करवा चौथमा गोविन्दाले पत्नीलाई उपहार दिए महंगो कार

करवा चौथमा गोविन्दाले पत्नीलाई उपहार दिए महंगो कार

नेपालखबर
कात्तिक ८, २०७८ सोमबार १५:१५, काठमाडौँ

बलिउडका कलाकारहरूले करवा चौथ पर्व धुमधामका साथ मनाएका छन्। सेलिब्रेटीहरूले पर्व सेलिब्रेट गरेका तस्बिर इन्स्टाग्राममा सेयर गरेका छन्।

करवा चौथको अवसरमा अभिनेताहरूले आफ्नी पत्नीहरूलाई महंगो उपहार समेत दिएका छन्। 

गोविन्दाले श्रीमती सुनिता आहुजालाई महंगो कार उपहार दिएका छन्। गोविन्दाले इन्स्टाग्राममा तस्बिर सेयर गरेका छन्।

यस फोटोमा उनी आफ्नो श्रीमतीसँग देखिएका छन्। उनले आफ्नी श्रीमतीलाई कार उपहार दिइरहेको देखिन्छन्। 

गोविन्दाले आफ्नी श्रीमतीलाई सम्बोधन गर्दै एउटा पोस्ट लेखे, ‘मेरो सबैभन्दा मिल्ने साथी, मेरो माया र मेरा दुई सुन्दर बच्चाहरुको आमा। करवा चौथको शुभकामना। म तिमीलाई माया गर्छु। तिम्रो लागि मेरो माया मापन गर्न सकिँदैन। तर आजको लागि, यो सानो उपहारसँग मापन गरिदेऊ। भगवानले तिमीलाई संसारको सबै खुसी दिउन्। तिमीलाई माया गर्छु मेरी हिरा।’

गोविन्दा र सुनिताको विवाह सन् १९८७ मा भएको थियो। उनीहरूका दुई सन्तान छन्, छोरी टीना आहुजा र छोरा यशवर्धन आहुजा।

५७ वर्षीय गोविन्दालाई मायाले ‘चीची’ पनि भनिन्छ। गोविन्दाको पहिलो रिलिज फिल्म ‘इलजाम (१९८६)’ हो। यद्यपि उनको पहिलो फिल्म ‘तन बदन’ थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad