अभिनेता राजेश हमालले गीत गाएका छन्।
उनले ‘मन बूढो भएन’ बोलको रोमान्टिक गीतमा स्वर दिएका हुन्।
गीत दीपक शर्माले रचेका हुन् भने संगीत पनि उनैले भरेका हुन्।
नरेन्द्र वियोगीको एरेन्जमा बनेको गीतमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ।
गीतकार तथा संगीतकार दीपक शर्माका अनुसार उक्त गीत अनामनगरस्थित वेभ स्टुडियोमा २ महिनाअघि रेकर्ड गरिएको हो।
उक्त गीतको भिडिओ पनि बनाउने तयारी भइरहेको छ। जसमा अभिनेता राजेश हमाल आफैंले अभिनय गर्नेछन्।
साथमा रेश्मा घिमिरेलगायत कलाकार रहने निर्माण पक्षले जनाएको छ। भिडिओ तिहारअगाडि नै तयार हुने बताइएको छ।
105
Shares

प्रतिक्रिया