लागुऔषध मुद्दामा हिरासतमा रहेका आर्यन खान २७ दिनपछि आज (शनिबार) रिहा भएका छन्। आर्यन बलिउड अभिनेता शाहरुख खानका छोरा हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी अघि बिहान ११ बजे आर्थर रोड जेलबाट बाहिरिन पाएका हुन्।
उनलाई लिन बुबा शाहरुख खान आफैं त्यहाँ पुगेका थिए।
अदालतले बिहीबार साँझ नै धरौटीमा रिहाको आदेश दिएको थियो। त्यसअनुसार आर्यन हिजै (शुक्रबार) रिहा हुने भनिए पनि प्रक्रिया पूरा गर्न समय लाग्दा आज बिहान रिहा भएका हुन्।
पृष्ठभूमि : २६ दिनपछि आर्यन आज रिहा हुँदै, चार गाडीका साथ घरबाट निस्के शाहरुख
114
Shares

प्रतिक्रिया