कला


‘अला बैकुन्ठपुरमलो’ को हिन्दी रिमेकमा कार्तिकको पारिश्रमिक २१ करोड

‘अला बैकुन्ठपुरमलो’ को हिन्दी रिमेकमा कार्तिकको पारिश्रमिक २१ करोड

नेपालखबर
कात्तिक १८, २०७८ बिहिबार १२:४४, काठमाडौँ

 बलिउड अभिनेता कार्तिक आर्यन चाँडै साउथ सुपरस्टार अल्लू अर्जुन अभिनित सुपरहिट फिल्म ‘अला बैकुन्ठपुरमलो’ को हिन्दी रिमेक ‘शहजादा’ मा देखिने भएका छन्। 

यो फिल्ममा उनको अपोजिटमा कृति सेनन देखिने भएकी छन्। कार्तिक र कृतिले आउँदो २५ अक्टोबरदेखि ‘शहजादा’ को छायांकन सुरु गर्नेछन् । मुम्बई र दिल्लीमा यो फिल्म खिचिने भएको छ।
 
कार्तिकले यो फिल्मका लागि महंगो पारिश्रमिक बुझेका छन्। ‘शहजादा’ का लागि उनी भारतीय २१ करोड रुपैयाँमा अनुबन्ध भएका छन्। 

एकपछि अर्को फिल्मको सफलतापछि उनले पारिश्रमिक बढाइरहेका छन्। निर्माताहरुले उनको मार्केट भ्यालूलाई ख्याल गरेर मागेजति पारिश्रमिक दिइरहेका छन्। 
 

‘कार्तिक विस्तारै बलिउडको शीर्ष नायकमा उक्लिँदैछन्। उनको बढ्दो पारिश्रमिकले मार्केट भ्यालू निकै बढेको देखाएको छ', बलिउडसम्बन्धी समाचारमा भनिएको छ, 'कार्तिकले आफ्नो एक्सन फिल्म ‘शहजादा’ का लागि २१ करोड पारिश्रमिक बुझेका छन्। जुन उनको सिंगल थिएट्रिकल रिलिजमा अहिलेसम्मकै धेरै हो।’
 
हलिउड हंगामाले कार्तिक आफ्नो पारिश्रमिकमा लचक रहेको लेखेको छ। फिल्मको शैली र मेकरको अपिल अनुसार उनी पारिश्रमिक घटाउन तयार छन्।

एक कमिर्शयल फिल्म ‘शहजादा’ ले बक्सअफिसमा राम्रो कमाई गर्न सक्ने भएकाले उनले पारिश्रमिक नघटाएका हुन्। रोहित धवनले निर्देशन गर्ने फिल्म ४ नोभेम्बर २०२२ मा रिलिज हुने तालिका छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad