कला


सञ्जय दत्तकी छोरी भन्छिन् : मलाई माया गर्ने व्यक्ति मिल्नासाथ बिहे गरिहाल्छु

सञ्जय दत्तकी छोरी भन्छिन् : मलाई माया गर्ने व्यक्ति मिल्नासाथ बिहे गरिहाल्छु

बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला


नेपालखबर
कात्तिक २९, २०७८ सोमबार १५:३३, काठमाडौँ

बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशालाले आइतबार राति इन्स्टाग्राममा ‘आस्क मि एनिथिङ’ मा फ्यानका प्रश्नको जवाफ दिएकी छन्।

यस क्रममा फ्यानले त्रिशालालाई सोधेका छन्– बिहेको योजना के छ?

जवाफमा ३३ वर्षीया त्रिशालाले ‘यो उमेरमा डेटिङ डिजास्टर हुने’ उल्लेख गर्दै ‘प्रोपर जेन्टलम्यान’ पाए बिहे गर्ने बताइन्। 

त्रिशालाले भनिन्,  ‘मलाई माया, सम्मान र कदर गर्ने सपनाको राजकुमार पाए पक्कै बिहे गर्छु र ‘ह्याप्पी वाइफ एन्ड ह्याप्पी लाइफ’ जीवन जिउँछु।’

बुवा सञ्जय दत्तका साथ त्रिशाला

साथै फ्यानहरूले त्रिशालालाई बलिउडमा आएर सञ्जय दत्तको विरासतलाई अगाडि बढाउने कुनै योजना छ कि भनेर पनि सोधे।

जवाफमा उनले भनिन्, ‘होइन, म आफ्नो विरासतलाई पछि छाडेर काम गरिरहेकी छु।’

प्रेमीप्रति गुनासाे
यसअघि पनि त्रिशालाले आफ्नो सम्बन्धबारे धेरैपटक खुलेर कुरा गरिसकेकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार यसै वर्षको फेब्रुअरीमा उनले सामाजिक सञ्जालमा आफ्ना प्रेमीबाट यातना भोगेको कथा सुनाइन्।

उनले आफू एउटा त्यस्तो सम्बन्धमा रहेको बताएकी थिइन्, जसमा प्रेमीले बिस्तारै–बिस्तारै आफ्ना साथीहरूबाट समेत टाढा बनाएको गुनासो गरेकी थिइन्। त्रिशालाले भनेकी थिइन्, ‘मेरा प्रेमीले मलाई फोहोरको भाँडोजस्तै व्यवहार गर्थे।’

‘मेरो सबैभन्दा लामो सम्बन्ध ७ वर्षसम्म चलेको थियो’
वातस्तवमा एक फ्यानले ‘आस्क मि एनिथिङ’ सेसनमा त्रिशालालाई सोधिएको थियो– तपाईंको सबैभन्दा लामो सम्बन्ध कति समयसम्म चलेको थियो? 

जवाफमा त्रिशाला दत्तले भनिन्, ‘मेरो सबैभन्दा लामो सम्बन्ध ७ वर्षसम्म चलेको थियो। तर त्यो सम्बन्ध किन टुट्यो, धेरै डिटेल भन्न चाहन्नँ। बस्, यत्ति भन्छु– त्यस समय आपसी सहमतिमै अलग हुने निर्णय गरेका थियौं।’

‘आज उनका बच्चासमेत भइसके’ 
त्रिशला दत्तले अगाडि भनिन्, ‘ऊ त्यतिबेला नयाँ जीवनको लागि तयार भइसकेका थिए, तर म थिइनँ। हामीबीच मतभेद उत्पन्न भयो । समग्रमा, हामी धेरै टाढा भइसकेका थियौं। यस्तो हुन्छ। आज उनको विवाह भएको छ  र बच्चासमेत छन्। उनलाई मेरो शुभकामना छ।’ 

अर्का एक फ्यानले उनलाई ‘प्रेममा कहिले धोका भएको छ’ भनेर सोधे। 

जवाफमा उनले भनिन्, ‘हो भएको छ।’

तर त्रिशालाले यसबारे थप बताउन चाहिनन्। 

सञ्जय दत्तकी पहिलो पत्नीकी छोरी हुन् त्रिशाला 
त्रिशाला अभिनेता सञ्जय दत्तकी पहिलो पत्नी एवं दिवंगत अभिनेत्री ऋचा शर्माकी छोरी हुन्।

आफ्ना आमाबुवाजस्तै कलाकार बन्ने कुनै योजना छैन त्रिशालाको। उनी लाइमलाइटबाट टाढा रहन्छिन्। तर सामाजिक सञ्जालमा उनी निकै सक्रिय छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad