कला


जसले जितिन् मिस अर्थको उपाधि

जसले जितिन् मिस अर्थको उपाधि

नेपालखबर
मंसिर ६, २०७८ सोमबार ४:५७, काठमाडौँ

यस वर्ष (सन् २०२१) मिस अर्थको उपाधि मध्य अमेरिकी राष्ट्र बेलिजकी डेस्टिनी वागनरले जितेकी छन्। 

विश्वका ८० देशका सुन्दरीलाई उछिन्दै डेस्टिनी आफ्नो देशका लागि पहिलो मिस अर्थको उपाधि जित्न सफल भएकी हुन्।

नेपाली समयानुसार भर्चुअल माध्यमबाट आइतबार बिहान फिलिपिन्समा भएको प्रतियोगितामा डेस्टिनी विजयी भएकी हुन्। अघिल्लो वर्ष यो उपाधि अमेरिकाकी डिन्से कफीले जितेकी थिइन्।

‘मेरो देशले यसअघि कहिले मिस अर्थमा भाग लिएको थिएन, न त हामीले कुनै अन्तर्राष्ट्रिय उपाधि नै जितेका थियौं’, उपाधि जितेपछि डेस्टिनीले भनिन्, ‘त्यसैले म भावविह्वल भएकी छु! सबैप्रति कृतज्ञ छु, धन्यवाद व्यक्त गर्न शब्द पाइरहेकी छैन।’ 

यस्तै प्रतियोगितामा मिस अर्थ एयरको उपाधि मिस अमेरिका मारिसा बट्लरेले जितिन् भने मिस अर्थ वाटर चिलीकी रोमिना डनेक्केन भान डर भिन भइन्। 

यसैगरी मिस अर्थ फायरको उपाधि थाइल्यान्डकी बोइटोङ जारिराट पेसोमले जितेकी छन्। 

मिस अर्थ २०२१ मा नेपालबाट मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठले भाग लिएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad