ad ad

कला


खेसरीलालले मागे डेढ करोड क्षतिपूर्ति, बर्जु महोत्सव आयोजकलाई तनाव

खेसरीलालले मागे डेढ करोड क्षतिपूर्ति, बर्जु महोत्सव आयोजकलाई तनाव

नेपालखबर
माघ ५, २०७८ बुधबार १४:१३, काठमाडौँ

भारतीय भोजपुरी कलाकार खेसारीलाल यादवले आफूलाई सुनसरीस्थित बर्जु महोत्सव आयोजकले डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने बताएका छन्। 

आयोजकले बोलाएर आफूलाई धोका दिएको भन्दै यादवले डेढ करोड रुपैयाँ क्षतिपूर्ति मागेका हुन्। 

सुनसरीको बर्जु महोत्सवमा नाचगानका लागि खेसारीलाललाई मंगलबार नेपाल बोलाइएको थियो। तर, कोरोना कहर बढेको भन्दै स्थानीय प्रशासनले कार्यक्रममा सहभागी हुन रोक लगाएपछि दर्शकले महोत्सवस्थलमा तोडफोड र आगजनी गरेका थिए।

नेपाल आइसकेपछि प्रशासनले उनलाई बर्जु महोत्सवमा सहभागी हुन रोकिदिएको थियो। कोरोनाका कारण कार्यक्रम स्थगित गरिएको जानकारी आफूले प्रशासनबाट पाएको भन्दै अब त्यसको क्षतिपूर्ति आयोजकले दिनुपर्ने अडान उनले लिएका छन्। 

‘म पटनाबाट विराटनगरसम्म आउँदासम्म कोरोनाका कारण त्यहाँको प्रशासनले कार्यक्रम स्थगित गराएको जानकारी मलाई आयोजकले दिँदै दिएनन्', उनले मंगलबार राति पत्रकारहरुसँग भने। 

खेसारीलालको नाममा आयोजकले टिकट बेचिसकेका थिए। उनीहरुले खेसरीलाई नेपाल ल्याउन १६ लाख रुपैयाँ अग्रिम पठाइसकेको पनि खुलेको छ।

‘यो घटनामा मलाई डेढ करोड घाटा भएको छ। म जनतालाई मनोरञ्जन दिन नेपाल आएको थिएँ। तर यहाँको प्रशासनले कार्यक्रममा रोक लगाए जानकारी थिएन', उनले भने, 'होटलबाट निस्केर कार्यक्रममा जान लाग्दा प्रशासनले रोक्यो। यसमा न प्रशासनको गल्ती छ, न त मेरो। गल्ती आयोजककै हो।'

पुस २५ गतेदेखि सुरु बर्जु महोत्सवको अन्तिम दिन मंगलबार खेसरीलालाई बोलाइएको थियो। 

तर माघ २ मै जिल्ला प्रशासन सुनसरीले पत्र काटेर कार्यक्रम रोक्न बर्जु गाउँपालिका र आयोजकलाई भनेको थियो। 

‘हाल बढ्ने क्रममा रहेको कोभिड–१९ संक्रमणसम्बन्धी २०७८/९/२७ मा बसेको डिसिएमसी बैठकको निर्णय र यस कार्यालयबाट मिति २०७८/९/२७ मा जारी भएको आदेश कार्यान्वयनमा रहेकाले उक्त अनुमति आजैदेखि खारेज भएको व्यहोरा निर्णय अनुसार अनुरोध छ,’उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .