कला


‘बिग बोस’को सेटमा आगलागी, निभाउने प्रयास जारी

‘बिग बोस’को सेटमा आगलागी, निभाउने प्रयास जारी

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०७८ आइतबार १६:७, काठमाडौँ

बलिउड अभिनेता सलमान खानले सञ्चालन गर्ने टीभी रियालिटी शो ‘बिग बोस’मा आगलागी भएको खबर छ।

भारतीय अनलाइन अमरउजालाका अनुसार ‘बिग बोस’को सेटमा आगलागी भएपछि ४ वटा दमकल घटनास्थलमा पुगेको बताइएको छ। बिग बोसको सेटमा आगो कहाँबाट सुरु भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। हालसम्म कुनै हताहतको खबर आएको छैन। दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।

‘बिग बोस’को १५ औं सिजनको फाइनल भर्खरै सकिएको थियाे। यस फिनालेको भव्य प्रिमियर भएको थियो, जसमा बिग बोस १५ का सबै प्रतियोगीले भाग लिएका थिए। ‘बिग बोस’को सेटमा आगलागी भएपछि धेरै अन्योल भएको छ। दमकलले घटनास्थल पुगेर आगो निभाउन थालेको छ।

‘बिग बोस १५’ को बारेमा कुरा गर्दा यसमा करण कुन्द्रा, सिम्बा नागपाल, निशान्त भट्ट, शमिता शेट्टी, रश्मी देसाई र तेजस्वी प्रकाशजस्ता सेलिब्रेटी सहभागी भएका थिए। शोमा तीन महिनाभन्दा बढी समय बिताएपछि तेजस्वी प्रकाशले बिग बोसको उपाधि जितिन्। साथै उनले एकता कपुरको लोकप्रिय ‘नागिन ६’ को नयाँ सिजनमा मुख्य भूमिका निर्वाह गर्ने मौका पनि पाइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad