कला


कक्रोज र पेरिसाको अभिनयमा ‘मनैमा शितलो’ (भिडिओ)

कक्रोज र पेरिसाको अभिनयमा ‘मनैमा शितलो’ (भिडिओ)

नेपालखबर
फागुन १, २०७८ आइतबार २१:१०, काठमाडौँ

हरिस निरौला ‘कक्रोज’ र पेरिसा कडेँल अभिनित ‘मनैमा शितलो’ गीतको भिडियो सार्वजनिक भएको छ।

‘भिडियो भकारी’को प्रस्तुती रहेको गीतमा प्रशान्त पौडेलको शब्द संगित रहेको छ भने प्रविन भट्ट र पूजा देवकोटाको स्वर रहेको छ। 

प्रायः जसो लामो लट्टा परेको कपालमा देखा पर्ने ‘कक्रोज’ यस गीतमा भने फरक भूमिकामा प्रस्तुत भएका छन्। गाउँले परिवेशलाई चित्रण गरिएको भिडिओमा घाँसदाउर गर्ने साधारण युवाको भूमिकामा ‘कक्रोज’लाई देख्न सकिन्छ। उनको फरक रुपलाई दर्शकहरुले तारिफ गरेका छन्।

प्रत्यक्ष दोहोरीमा निकै चर्चित गायिका पूजा देवकोटा र प्रविन भट्टको स्वरमा रहेको गीत लोक आधुनिकको फ्युजनमा बनेको छ। सागरबाबु भट्टको कथा तथा निर्देशनमा बनेको भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन्। दिनसन शाहको रंग संयोजन रहेको भिडिओलाई अजय रेग्मीले खिचेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad