कला


सारा र अनमोलको जोडी बाँध्दै दिवाकर

सारा र अनमोलको जोडी बाँध्दै दिवाकर

नेपालखबर
फागुन ९, २०७८ सोमबार १७:२३, काठमाडौँ

निर्देशक दिवाकर भट्टराईले अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पालीको जोडीलाई लिएर चलचित्र बनाउने भएका छन्। उनले पछिल्लो समय निर्माण घोषणा गरेको चलचित्र ‘हनी बनी’मा यो जोडी देखिने भएको हो। 

यो चलचित्रमा पल केहि समयअघि नै अनुबन्धित भैसकेका थिए। सारा पनि चलचित्रमा हालै अनुबन्धित भएको निर्देशक भट्टराईले बताए। चलचित्रको कथा अनुसार सारा फिट हुने भएर नै अनुबन्धित गराएको भट्टराईको भनाई छ। 

सारा चलचित्र ‘हनी बनी’मा विदेशमा बस्ने युवतीको भूमिकामा देखिने छिन्। सारालाई यो चलचित्रका लागि दिवाकरकी श्रीमती तथा अभिनेत्री दीपिका प्रसाईंले अफर गरेकी हुन्। सारा र अनमोलले पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन्। 
चलचित्रमा

पारिवारिक प्रेमकथा प्रस्तुत गर्ने निर्देशक भट्टराईले बताए। आगामी मार्चबाट छायांकनमा जाने यो चलचित्रको दृष्य युरोपका विभिन्न देशमा छायांकन गरिने छ। यो चलचित्र आगामी असोज १४ गते  रिलिज गर्ने निर्माण पक्षको योजना छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad