कला


प्रविण, वसन्त, रचना र सुशीलाको स्वरमा ‘म त परे पूर्वको’ (भिडिओ)

प्रविण, वसन्त, रचना र सुशीलाको स्वरमा ‘म त परे पूर्वको’ (भिडिओ)

नेपालखबर
फागुन १३, २०७८ शुक्रबार २०:२७, काठमाडौँ

गायकद्वय प्रवीण भेडवाल, वसन्त थापामगर र गायिकाद्वय रचना रिमाल तथा सुशीला पाठकको स्वरमा रहेको ‘म त परे पूर्वको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतमा वसन्त थापामगरको शब्द तथा संगीत छ र दिनेश श्रेष्ठको एरेञ्ज छ। वसन्त लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्।

समन अधिकारी निर्देशित भिडिओमा स्मारिका र समारिका ढकाल, संयक जुनियर अधिकारी र निर्जन न्यौपाने फिचर्ड छन्।

भिडिओमा नरेशवीर सिंहको कोरियोग्राफी, नवराज पौडेलको प्रोडक्सन, अनिल कटवालको ड्रोन, नवराज उप्रेतीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ।

वसन्त थापामगर प्रस्तुतकर्ता रहेको भिडियो रेस्क्यू क्रिएसनले निर्माण गरेको हो। भिडिओमा टेक्सास इन्टरनेसनल कलेज, मित्रपार्क भेषराज पोखरेल र श्यामसुन्दर श्रेष्ठको विशेष सहयोग छ। भिडिओ माउण्ट एभरेष्ट डिजिटल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad