हास्य कलाकार मनोज गजुरेलले सरकारले अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गर्दा संलग्न ‘व्याख्यात्मक घोषणा’प्रति कटाक्ष गरेका छन्।
यसलाई कलाकार गजुरेलले अनेक उदाहरण दिएर व्यंग्य गरेका हुन्।
उनी लेख्छन् : ‘व्याख्यात्मक टिप्पणी’ गरेर गुहुलाई गोबर र गोबरलाई गुँदपाक बनाउन सकिन्छ। त्यसैगरी काँशी हिँडेको मान्छेलाई ‘व्याख्यात्मक टिप्पणी’ गरी राँची पुर्याउन सकिन्छ। यो सिद्धान्तले अर्काको एजेन्डालाई आफूअनुकूल व्याख्या गरेर फेस सेभिङ गर्न पनि मिल्छ। समग्रमा भन्नुपर्दा कसैले जिब्रो पड्काएकै भरमा ‘लभ परेको’ ठानेर ‘मनमैथुन’मा रमाउनु ‘व्याख्यात्मक टिप्पणी’को अन्तरवस्तु हो।
249
Shares

प्रतिक्रिया