नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा चलचित्रका शिर्ष कलाकारहरु विक्रम डी जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रान्त बस्नेत, विल्सनविक्रम राई, एभरेष्ट सूर्य बोहरालाई समावेश गरिएको छ।
चलचित्रको कथा विक्रान्तको वरिपरि घुमेको छ। प्रियंकाको विक्रान्तप्रतिको एकोहोरो प्रेम, विक्रान्त र दीपिकाको दोहोरो प्रेम र यसले निम्त्याउने कथामा चलचित्र बनेको ट्रेलरबाट बुझ्न सकिन्छ।
एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्रका सिर्जना जोशी महर्जन कार्यकारी निर्माता हुन्। हीरा जोशी र विक्रम डी जोशी यो चलचित्रका निर्माता हुन्। चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, विष्णु देवाको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन, सूर्य बोहरा र अभिमन्यू निरबीको पटकथा तथा संवाद छ।
Shares

प्रतिक्रिया