कला


नेपालमै पहिलोपटक अपटाउन म्यूजिक फेस्टिभल हुने

नेपालमै पहिलोपटक अपटाउन म्यूजिक फेस्टिभल हुने

नेपालखबर
फागुन १७, २०७८ मंगलबार १४:५३, काठमाडौँ

अपटाउनको प्रस्तुतिमा नेपालमै पहिलोपटक ‘अपटाउन म्यूजिक फेस्टिभल’ हुने भएको छ।

पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिभल यही फागुन २०(मार्च ४) गते शुक्रबार ललितपुरको झम्सिखेलमा हुन लागेको हो।

फेस्टिभलमा दीपक बज्राचार्य, सबिन राई एण्ड द फरोह, नवीन के भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एण्ड द न्यू रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति हुनेछ।

यसबाहेक हरी महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको अभिनय रहनेछ। उनीहरुबाहेक रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एण्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि आफ्नो प्रस्तुति दिनेछन्।

यी कलाकारबाहेक आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिकको पनि प्रस्तुति हुनेछ। आयोजकका अनुसार फेस्टिबलमा तीन भिन्न देशका करिब २६ कलाकारले सहभागिता जनाएका छन्।
फेस्टिभलको शुभारम्भ गायक दीपक बज्राचार्यले गर्नेछन्। यो महोत्सवमा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad