कला


सञ्चिता भन्छिन् : कानूनले निरुपण गर्न बाँकी विषयमा चरित्रहत्या बन्द गरौँ

सञ्चिता भन्छिन् : कानूनले निरुपण गर्न बाँकी विषयमा चरित्रहत्या बन्द गरौँ

नेपालखबर
फागुन १७, २०७८ मंगलबार १७:३९, काठमाडौँ

पल शाहको विषयमा पक्ष र विपक्षमा सडक र सञ्जालमा टिप्पणी भइरहँदा अभिनेत्री सञ्चिता लुइटेलले भने यसो नगर्न आग्रह गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले सामाजिक सञ्जालको अनावश्यक हो हल्ला र गालीगलौजले न्यायसम्पादनको प्रक्रिया प्रभावित नहोस् भन्नेमा सबै सचेत रहनुपर्ने बताएकी छन्।

बलात्कारको आरोपमा जाहेरी परेपछि नायक पल शाह पक्राउ परिसकेका छन्। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले पहिलो पटक ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। तर सामाजिक सञ्जालमा भने पहल शाह दोषी भइसकेको जसरी र पहल शाह निर्दोष नै रहेको जसरी टिकाटिप्पणी भइरहेका छन्। 

कलाकारहरु पनि पक्ष र विपक्षमा खुलेरै लागेको देखिएको छ। तर नायिका लुइटेलले भने यो चिन्ताजनक भएको बताएकी छन्। 

उनी लेख्छिन्, ‘पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरु टिकटकमा भाइरल भइरहेका छन्। यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु, जुन अत्यन्तै चिन्ताजनक कुरा हो। कानूनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरु कृपया बन्द गरौँ। खासगरी बालबालिकालाई यस्ता चिजबाट टाढा राखौँ। यसमा नेपाल प्रहरीको समेत ध्यानाकर्षण गराउन चाहन्छु। दोषी र निर्दोष छुट्याउने काम कानून र अदालतको हो। त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन। सामाजिक सञ्जालको अनावश्यक हो हल्ला र गालीगलौजले न्याय सम्पादनको प्रक्रिया प्रभावित नहोस् भन्नेमा सबै सचेत रहनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad