नाबालिग (१८ वर्षभन्दा मुनिको) गायिकालाई बलात्कार गरेको अभियोगमा अभिनेता पल शाह यतिबेला जिल्ला प्रहरी कार्यालय (तनहुँ) को हिरासतमा छन्। उनी पक्राउ परेयता जनस्तरमा बलात्कारबारे पक्ष/विपक्षमा निकै बहस चलिरहेको छ।
यसमा झन् कलाकारहरू संलग्न नहुने कुरै भएन।
यसै क्रममा अभिनेत्री ऋचा शर्माले यस विषयमा आफ्नो धारणा सार्वजानिक गरेकी छन्।
‘मुलुकी अपराध संहिताले भन्छ– १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो’, उनले भनेकी छन्, ‘कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौं नि, हैन र?’
१८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिने कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिने उनको भनाइ छ।
‘नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रबन्ध गरिएको हो’, अभिनेत्री शर्माले भनेकी छन्, ‘यति बुझौं– नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो। उसैले बोलाएको भनेर कानुनले छुट दिन्न।’
नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर समाजले नाबालिगको चरित्र हत्या नगर्ने विश्वास पनि उनले व्यक्त गरेकी छन्।
‘नाबालिगको संरक्षण, कानुनको सम्मान हो’, उनले भनेकी छन्।
यो पनि : पलविरुद्ध दुर्गेशको बयान यस्तो
Shares

प्रतिक्रिया